सजगतापूर्वक लगानी गर्न धितोपत्र बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई ससुचित भएर सजगता पूर्वक लगानी गर्न आग्रह गरेको छ । पछिल्लो समय नेप्से सूचक र कारोबार रकम दुवैले उच्च विन्दु बनाउँदै जानु सकारात्मक भएपनि लगानीकर्ताले पुँजी बजारका स्थापित मूल्य र मान्यतालाई पालना गर्दै लगानी गर्न बोर्डले आग्रह गरेको हो ।बोर्डले सूचीकृत संस्थाको वित्तीय अवस्था, आधारभूत र प्राविधिक पक्ष, ऐन नियमको पालना तथा तथा समग्र आर्थिक परिसूचकहरुको विष्लेशण गरी लगानी गर्न भनेको छ ।
बोर्डले हल्ला र अनुमानका पछाडि नलाग्न पनि आग्रह गरेको छ । यस्तै, लगानीकर्ताले विश्व तथा राष्ट्रिय अर्थतन्त्र, सूचीकृत संस्थाको संस्थागत सुशासन र आफ्नो जोखिम वहन गर्नसक्ने क्षमता र लगानीको सुरक्षालाई ध्यान दिई सुझबुझपूर्ण लगानी गर्न बोर्डले सुझाव दिएको छ ।
पुँजी बजार सुधार र विकासका कार्यक्रममार्फत ८ लाख भन्दा बढी लगानीकर्ता, २१ लाख ८० हजार डिम्याट खाता र ८५५ भन्दा बढी कारोबार अनलाइनबाट हुने गरेको बोर्डले जानकारी गराएको छ ।























