stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रानीपोखरी गुरुयोजनाको काम चरणबद्ध रुपमा हुन्छः मेयर शाक्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्धरुपमा निर्माण गरिने बताउनुभयो ।

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पार्टीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ ।

त्यस्तै, गुरुयोजना अन्तर्गत् त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्ति बाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत् रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताउनुभयो ।

वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो ।

तर, पछि विज्ञहरुको सुझाव अनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत् रानीपोखरीको विकास गर्न भने बाँकी छ ।

मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकका लागि खुला हुनेछ । तर, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटीकाको दिनमात्रै खुल्नेछ ।

prabhu mahalaxmi
kumari