stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सागका पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता आफ्ना जिल्लाका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ ।

चितवनको सौराहस्थित बिहीबार आफ्नै प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडीका साथै जिल्लाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।

गत मंसिरमा सम्पन्न सागमा स्वर्णविजेताद्वय संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य विजेताद्वय शिशिर श्रेष्ठ र जितबहादुर बोट आफ्ना जिल्लाबाट सम्मानित भएका हुन् ।

कार्यसमितिले पार्वती र शिशिर लगायतका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेको थियो ।

संगीताले फाइट तर्फ ६२ केजी तौल समूह र पार्वतीले २४–२९ वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगको पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका थिए । शिशिरले भने २३ वर्ष मुनि टिम पुम्से कांस्य जितेका थिए ।

१३औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । सोही अवसरमा चितवनका पत्रकारद्वय अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि जिल्लाको तेक्वान्दो खेल विकासमा योगदान पु¥याए बापत सम्मान गरिएको थियो ।

उनीहरूलाई बागमति प्रदेशका सांसद नारायण बन, रत्ननगर नगरपलिका खेलकुद संयोजक एवम् वडा–१० का अध्यक्ष केशब आचार्य, वडा–४ का अध्यक्ष रवीन्द्र चौधरी, नेपाल कम्युनिस्ट पार्टी रत्ननगर नगरपालिकाका इन्चार्ज केपी लामिछाने र चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।

prabhu mahalaxmi
kumari