stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अमेरिकाकाे ट्वीन टावरमा आक्रमणकाे १९ वर्ष

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । आज सेप्टेम्बर ११  आजभन्दा १९ बर्ष अगाडि संयुक्त राज्य अमेरिकामाथी भएको भीषण आक्रमणलाई प्रत्यक्ष आँखाले अनुभव गर्न नपाएपनि त्यसपछिका परिदृश्यलाई नजिकबाट नियाल्ने अवसर धेरैले पाएका थिएँ । अमेरिकाबाट कुनैवेला पालितपाेषित ओसामा बिन लादेनको निर्देशनमा भएको भनिएको आक्रमण पश्चात सिंगो अमेरिका आतंकबाद बिरुद्ध कसरी एकजुट भयो भन्ने बारेमा धेरैलाई जानकारी भएकै हुनुपर्छ ।

त्यसबखत जनस्तरमा देखिएको राष्ट्रियताको भावले धेरै नेपालीलाई बारम्बार नेपाल सम्झन बाध्य तुल्याउँथ्यो । आतंककारी आक्रमणको अघिल्लो दिन मात्र न्युयोर्कलाई आँखाभरि सजाउँदै कनेक्टिकट पुगेको थिएँ । आक्रमण हुँदाको क्षण म कोठाभित्रै थिएँ । ट्वीन टावरमाथीको दोश्रो आक्रमणलाई टेलिभिजनको पर्दामा प्रत्यक्ष हेर्नसम्म पाएको थिएँ ।

त्यसपछि बजार निस्कँदा अमेरिकीहरुमा देखिएको राष्ट्रप्रेमप्रतिको भावना र राष्ट्रियता प्रतिको समर्पण अनौठो थियो । एक प्रकारको कोलाहल थियो । अब के हुन्छ भन्ने त्राहीमाम थियो । यद्यपी गाडीमा झण्डा राखेर राष्ट्रप्रेम दर्शाईरहेका थिए अमेरिकनहरु ।

ट्वीन टावर ढल्दा अमेरिकाको अस्थित्व ढल्यो भनेर डाँको छाडेर रुने बेढापाकाहरुसंग देखिएका थिए । त्यसपछि अमेरिकीहरु घर घरमा बीन लादेनको तस्बिर राखेर मोस्ट वाण्टेड भनेर प्रचार गरिरहेका थिए । राष्ट्रलाई चोटपुग्दा प्रत्येक अमेरिकीको आत्मामा चोट पुगेको देखिएको थियाे ।

दुई दशक बित्न लाग्दा पनि त्यो क्षण अनि त्यो दृश्य तथा अमेरिकीहरुको राष्ट्रभक्तिले धेरैलाई प्रभावित तुल्याएकै छ । झण्डै एक दशकको अमेरिका बसाईमा राष्ट्रप्रेम, देशभक्ति र स्वाभिानका अनेकौं आयामहरुलाई बुझ्ने मौका पाएँ ।

मेरो सिंगो देश नेपाल थियो । त्यसैले अमेरिकाको खुस सुबिधा र भोग बिलास त्यागेर आफ्नै माटो सुम्सुम्याउन आउन सकें । मेरो देश र मेरो माटो मेरो प्राण जत्तिकै प्यारो छ । त्यसैले देश दुख्दा मेरो छाती चर्कन्छ ।

prabhu mahalaxmi
kumari