stcnepal long ad
global ime bank long

अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
स्थायी समिति सदस्यहरुले दिनुभएको सुझावलाई समावेश गर्ने गरी आजको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । पारित प्रस्तावमा पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै पार्टी एकताको रक्षा र अझ बढी सुदृढ गरेर अगाडि बढाउने सङ्कल्प गरिएको छ ।
बालुवाटारमा सम्पन्न उक्त बैठकले पार्टीलाई विधि र पद्दतिमा संस्थागत ढंगले सञ्चालन गर्ने काममा भएका कमिकमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्दतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढाउने निर्णय पनि गरेको छ ।
गत साल भएका पार्टीका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने पनि बैठकले निर्णय गरेको छ । अध्यक्षद्वयको कार्यविभाजनका सन्दर्भमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले अगाडि बढाएर सरकारलाई सफल पार्ने बैठकको निर्णय रहेको छ । त्यसैगरी अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकको अर्को निर्णयमा सरकार पार्टीको मार्ग निर्देशनमा सञ्चालन हुने, आधारभूत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यान दिएर सरकारले निर्णय लिनुपर्ने रहेको छ ।
राष्ट्रिय महत्वका निर्णयहरुमा दुई अध्यक्षहरुको परामर्श र सहमतिका साथै पार्टी सचिवालयको सुझावका आधारमा गर्ने बैठकको निर्णय रहेको छ ।
सरकारले प्रस्तुत गर्ने विधेयक तथा नीतिहरुका सैद्धान्तिक पक्षहरुका बारेमा पार्टीको केन्द्रीय समिति, स्थायी समिति वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने पनि बैठकको निर्णय रहेको छ । बैठकले पार्टीको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसको तयारीसँग सम्वन्धित कामहरुलाई अगाडि बढाउन यहि २०७७ साल कार्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय समितिको बैठक बस्ने पनि बैठकले निर्णय लिएको छ ।
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै पार्टी एकताको रक्षा गरेर विचारको बहस गर्दै पार्टीलाई वैचारिक रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । अध्यक्षले पार्टीलाई सांगठनीक रुपमा पनि अझ बढी मजबुत र रुपान्तरणका लागि आधार प्रदान गर्न आजको बैठक सफल भएको बताउनुभयो ।
उहाँले बैठकमा भएका विभिन्न प्रकारका उतारचढाव र छलफलबाट शिक्षा लिनुपर्ने बताउनुभयो । आगामि दिनमा पार्टी एकताको उद्देश्यलाई पुरा गर्नेगरी पार्टी संगठनलाई अझ बढी सुदृढ गर्दै बहसको प्रक्रियालाई उन्नत ढंगले अगाडि बढाएर महाधिवेशनलाई सफल बनाउन आव्हान गर्नुभयो ।
IME Lifesidebar
kumari