पशुपति विकास काेषका भष्ट सदस्य सचिव हटाउन माग
काठमाडौ । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास काेषले अधि सारेकाे वृहद गुरु याेजना कार्यान्वयन नगर्न प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार तथा यस क्षेत्रका नेकपाका नेता राजन भट्टराई मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका पदाधिकारीहरुबाट अनुरोध पत्र हस्तान्तरण गरिएकाे छ ।जसमा निम्न माग गरिएकाे छ।
१) परम्परागत जात्रा–पर्व, मौलिक संस्कृति, प्राचिन बस्ती एवं सम्पदाको नास हुने गरि ल्याएको तथाकथित गुरुयोजना तुरुन्त खारेज गरियोस् ।
२) भ्रष्ट र अयोग्य सदस्य–सचिव, कोषाध्यक्ष, मनोनित सदस्य र अयोग्य कर्मचारीहरुको सम्पतिको छानविन सहित कारवाही गरि तुरुन्त बर्खास्त गरियोस् ।
३) विश्व सम्पदा, ऐतिहाँसिक प्राचिन पाशुपत क्षेत्र (ग्वलः)लाई सनातन राष्ट्रिय गौरवको क्षेत्र “सांस्कृतिक प्राचिन बस्ती” घोषणा गरियोस् ।
४) विश्व सम्पदा सुचिमा सुचिकृत धार्मिक, सांस्कृतिक र ऐतिहाँसिक पाशुपत क्षेत्र (ग्वल ः) का विनासक औचित्यहिन पशुपति क्षेत्र विकास कोष तुरुन्त खारेज गरियोस् ।
५) स्थानिय सरकार मातहत रहने गरि धार्मिक, बौद्धिक समाज, हिन्दू समाज सहित स्थानिय सरोकारवालाको नेतृत्व रहने गरि स्वतन्त्र संस्था गठन गरियोस्























