stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना संक्रमणबाट शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको मृत्यु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ  । कोरोना संक्रमणका कारण पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा निधन भएको शेर्पा संघ बेलायतले जनाएको छ ।

उनी तीन छोरा र श्रीमतीसँगै बेलायतको आसफोर्डमा बसोबास गर्दै शेपाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

सुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको हो । पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन्।

prabhu mahalaxmi
kumari