stcnepal long ad
global ime bank long

नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण: नयाँ कार्यसमिति चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आर्थिक संघ (एनईए) को ३६औँ वार्षिक साधारण सभा (वार्षिक साधारण सभा) ले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। प्रा.डाक्टर विश्वम्भर प्याकुरेल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ। उक्त साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो।

निर्वाचनपछिको सम्बोधनमा प्राध्यापक डाक्टर प्याकुर्यालले संघ स्थापना भएयताका चुनौतीहरूको स्मरण गर्दै हालकावर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थिति सुदृढ बनाएको उल्लेख गरेका छन् ।

विश्व बैंक, यूएनडीपी, नेपाल सरकार लगायत संस्थासँग सहकार्य गर्दै आर्थिक नीति, अनुसन्धान तथा समसामयिक विकासका विषयमा छलफल अघि बढाइएको उनले बताए । साथै, निकट भविष्यमा प्रदेशस्तरमा कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

उपलब्धि मध्ये, दक्षिण एसियाका अर्थशास्त्रका विद्यार्थी तथा नेपालका धेरै सहभागीहरूलाई सहभागी गराईसार्क क्षेत्रका प्रमुख आर्थिक मुद्दाहरूमा केन्द्रित क्षेत्रीय कार्यक्रम आयोजना गरिएको थियो । यसले संघको पहिचान र पहुँच उल्लेखनीय रूपमा विस्तार भएको भएको छ । उपाध्यक्ष पदमा डाक्टर पोषराज पाण्डे र प्राध्यापक डाक्टर गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

महासचिवमा डाक्टर गोपाल प्रसाद तिवारी निर्वाचित भएको उनले संघले विगतमा सञ्चालन गरेका नीतिगततथा कार्यान्वयन तहका गतिविधिहरू—जस्तै नीतिगत बहस, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू—का बारेमा संक्षिप्त जानकारी गराएका छन् । सचिव पदमा डाक्टर खोमराज खरेल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा प्राध्यापक शान्ता सिंह चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्राध्यापक विजय श्रेष्ठ, प्राध्यापक डाक्टर केशवराज खड्का, प्राध्यापक शिवराज अधिकारी, प्राध्यापक कुसुम शाक्य, प्राध्यापक माधवप्रसाद दाहाल, डाक्टर विष्णुदेव पन्त, डाक्टर मणिकुमार नेपाल, डाक्टर यादवमणि उपाध्याय तथा सुश्री जमुना श्रेष्ठ चुनिएका छन् ।

IME Lifesidebar
kumari