आजदेखि ३२ गतेसम्म मकवानपुरमा निषेधाज्ञा
मकवानपुर । कोरोना सङ्क्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । मकवानपुरमा आईतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिका सहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आइतबार मात्रै प्रहरी सहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एक–एक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।






























