stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एभरेष्ट इन्स्योरेन्सले नाफा बढायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्स्योरेन्सले १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३८१.५२५ ले बढी हो । अघिल्लो वर्ष एभरेष्ट एभरेष्ट इन्स्योरेन्सले ४ करोड १ लाख १० हजार रुपैयाँमात्रै नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको बिमा कोषको आकार ४१.६५५ ले बढेर ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको बिमा कोषमा २३ करोड १ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यता, खुद बिमा शुल्क भने ४।९७५ ले मात्रै बढेको छ ।

अर्थात् अघिल्लो वर्ष ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ पुगेको हो । एभरेष्टले कोरोनाको कारण बिमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि गर्न नसकेको जनाएको छ ।

साथै, आगामी दिनमा पनि बिमा शुल्क संकलनलाई चुनौतिको रुपमा लिइएको छ । कम्पनीले वित्तीयरुपमा सबल बन्दै शाखा विस्तार र ग्राहकको संख्या बढाउने योजना बनाएको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ ।

चौथो त्रैमाससम्ममा यस कम्पनीले ४९ करोड १ लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यता, दाबी भुक्तानी हुन बाँकी रकम भने ९९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

यसअवधिमा चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long