stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकको नयाँ सीईओ बनेका शाक्यद्वारा पदभार ग्रहण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुजित कुमार शाक्यले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

बैंकको सञ्चालक समितिको ७३६औं बैठकको निर्णयअनुसार शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो। शाक्यले झन्डै तीन दशकको बैंकिङ अनुभव सँगालेका छन् ।

शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

सन् १९९६ मा तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंक बाट बैंकिङ करियर सुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ देखि बैंक अफ एशिया नेपाल लिमिटेड मा बिजनेस बैंकिङ प्रमुख का रूपमा कार्य गरेका थिए ।

शाक्यले तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैंक लिमिटेडको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा उहाँले सहायक महाप्रबन्धक तथा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा उल्लेखनीय योगदान दिएका थिए ।

त्यसपछि शाक्यले सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड मा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि उनी नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

एनआईसी एशिया बैंकले विज्ञप्तिमार्फत शाक्यको दीर्घ अनुभव, विश्लेषण क्षमताको गहिराइ र रणनीतिक दृष्टिकोणले बैंकलाई थप सहज, सबल, गतिशील, विश्वसनीय र परिणाममुखी संस्थाको रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

IME Lifesidebar
kumari