stcnepal long ad
ime life insurance
national life
global ime bank long

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ– गभर्नर डा. पौडेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बताएका छन।

उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेन जेड आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको छ।

विगत एक–दुई वर्षदेखि पैसा भएपनि लगानी विस्तार नभएको अवस्था थियो,नेपालले ठुलो लगानी ल्याउन सकेको थिएन, यस्तो अवस्थामा जेन जेड आन्दोलन भएपछि यसले थप समस्यामा पारेको बताएका छन।

जेनजी आन्दोलनकारीहरूले निजी व्यापार,व्यवसाय र उद्योगमाथि तोडफोड,लुटपाट र आगजनी गरेपछि उद्यमी( व्यवसायीहरू सुरक्षाको अभावमा लगानी गर्ने मनस्थितिमा छैनन। पुँजी पलायन गर्न थालेका छन।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेन जेड आन्दोलनमा घुसपैठ भएकाले निजी र सरकारी संरचनामा आक्रमण भएको धारणा राखेका छन् ।

उनले उद्योग व्यवसाय क्षेत्रमा असुरक्षा रहेको बताएका छन। ढकालले अपराधिक मनस्थितिका केही व्याक्तिको हिंसाको कारण समग्र उद्योग व्यवसाय क्षेत्रमै असर परेको र उनीहरूको मनोबल गिरेको बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखीभन्दा पनि प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने भन्दै जेन जेड आन्दोलनले देखाएको असन्तुष्टिलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ, हामीले व्यक्तिमा होइन, प्रणालीमा सुधार ल्याउन जरुरी छ भनेका छन।

यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जेन जेड आन्दोलन काँग्रेसप्रति पनि लक्षित भएको बताउदै आन्दोलन हुने समयमा काँग्रेस सरकारमा रहेकाले त्यसको जिम्मेवारी पार्टीले लिनुपर्ने भन्दै उनले सरकारमा भएको हिसाबले जेन जेडको खबरदारी काँग्रेस लक्षित पनि हो ।

सधैँ क्रान्तिको नेतृत्व गरेको पार्टी हो काँग्रेस तर त्यो दुई दिन काँग्रेसको विरुद्धमा पनि जनता सडकमा आएका थिए । कम्तीमा हाम्रो पार्टीको नेतृत्वले यति कुरा पार्टी बचाउनको लागि पनि ख्याल गर्नुपर्छ भनेका छन।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले वर्तमान राजनीतिक अवस्था जटिल र अविश्वासपूर्ण बनेको टिप्पणी गर्दै संवैधानिक राजतन्त्र,हिन्दु राष्ट्र कायम र प्रदेश खारेज गर्न सकेमात्र राजनीतिक  अस्थिरता आउन सक्ने र राजनीतिक  स्थिरता भएपछिमात्र लगानी बढने बताएकी थिइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले जेन जेड आन्दोलन लामो समयदेखिको असन्तुष्टिका कारण भएको बताउदै त्यसको भावना अनुसार सुधार गर्न सकिएमात्र लगानी बढने बताएका थिए। यस्तै जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जेन जेड आन्दोलनका भाग नलिएकाहरूले आन्दोलनको जस लिन अग्रसर भएको जिकिर गर्दै राजनीतिक अस्थिरता छिटो समाधान गर्नुपर्ने बताएका थिए ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवै भएको बताउदै उनले सरकार गठन हुँदा सुशासनका विषयमा ध्यान दिनुपर्छ भनेर भनिएको थियो, अभियोजन र सजायका कुरा आफ्ना ठाउँमा छन्, तर त्यससँगै विभिन्न आवाजहरू उठिरहेका छन् ।

तर कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक हुन्छ । प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय रहेको र मिडियामा नदेखिए पनि आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको बताएकि थिइन ।

IME Lifesidebar
kumari