इलाममा एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
{"caption":"u091du093eu092au093eu0915u094b u092au0942u0930u094du0935u0940 u0928u093eu0915u093e u0915u093eu0901u0915u0921u092du093fu091fu094du091fu093e u0928u091cu093fu0915u0948 u0926u0936u0917u091cu093e u0915u094du0937u0947u0924u094du0930u092eu093e u0938u0941u0930u0915u094du0937u093eu0930u094du0925 u0916u091fu093fu090fu0915u093e u0938u0936u0938u094du0924u094du0930 u092au094du0930u0939u0930u0940 u0964 u0924u0938u094du0935u093fu0930: u092au0930u094du0935u0924 u092au094bu0930u094du0924u0947u0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।
हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।
उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।
त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।
कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रह समेत गरे ।































