stcnepal long ad
global ime bank long

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गतेपछि सकिने भएको छ।

कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आज एक सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो।

गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो।

जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

IME Lifesidebar
kumari