stcnepal long ad
himalayan life insurance long ad

तेह्रथुम पावरको शतप्रतिशत हकप्रदमा आवेदन आजदेखि दिन सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आज (असार १६ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने अनुमति पाएको थियो ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

जसअनुसार हकप्रद बिक्री गरेपछि कम्पनीले ४० करोड रुपियाँ संकलन गर्नेछ। आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।