sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल आयल निगमका डिपो तिहार विदामा पनि खुला रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले तिहार विदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ ।  निगमले आज एक सूचना प्रकाशित गरी तिहारको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि विदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ ।

सूचना अनुसार थानकोट डिपो ३ दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, धनगढी, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी, नेपालगञ्ज र दाङको इन्धन डिपो १ दिन तथा सुर्खेत र दिपायलको डिपो आवश्यकता अनुसार खुल्ने हुनेछ ।

नगमले सम्बन्धित कार्यालयहरु बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ ।

ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long