रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटिभद्वारा नेपाली राइडर दीपक साह सम्मानित

काठमाडौं । भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका थिए ।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल ९अल्फा अटोमोटिभ० द्वारा एक समारोहकाबीच सम्मान गरिएको हो । साहलाई सम्मान पत्र र नगद रु. ९५,००० सहित सम्मान गरिएको आयोजकले जानएको छ ।
प्रशिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो ।