पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना तथा प्रसारण विभागले पत्रकारिता विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ ।

यसअन्तर्गत विभागले १४ जना विद्यार्थीहरूलाई आर्थिक वर्ष २०८१र८२ का लागि छात्रवृत्ति वितरण गर्ने जानकारी दिएको छ।

विभागका अनुसार, पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह दश जोड दुई उत्तीर्ण गरी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी निवेदन दिनुपर्नेछ।

निवेदन दिनका लागि आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रवीणता प्रमाणपत्र तह दश जोड दुई उत्तीर्ण गरेको लब्धाङ्कपत्रको प्रतिलिपि, पत्रकारिता विषयमा स्नातक तह अध्ययनरत रहेको क्याम्पसको सिफारिस–पत्र, सम्बन्धित समूह प्रमाणित हुने सिफारिस पत्र, र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्नेछ।

छात्रवृत्तिका लागि खुला, महिला, दलित, आदिवासी/जनजाति, मधेशी, मुस्लिम, अपाङ्ग र पिछडिएको क्षेत्रका गरी १४ जना विद्यार्थीहरू छनोट गरिनेछन्।

विद्यार्थीहरूले आवेदन गुगल फर्म मार्फत दिनुपर्नेछ। आवेदन फारम भर्नका लागि क्युआर कोड स्क्यान गर्न सकिन्छ वा https://forms.gle/GEN9qXwmRriPZypz5 मा गएर फारम भर्न सकिनेछ।

छात्रवृत्ति वितरणसम्बन्धी विस्तृत जानकारी तथा निवेदनको ढाँचा विभागको आधिकारिक वेबसाइट www.doib.gov.np बाट डाउनलोड गर्न सकिनेछ। थप जानकारीको लागि विभागको फोन नम्बर ०१५९१९८९१ मा सम्पर्क गर्न सकिनेछ।

IME Lifesidebar
kumari