नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४ अर्ब २४ करोड ८० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ७९ करोड ६५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।

राष्ट्र बैंकले आगामी कात्तिक १३ गते देखि लागू हुनेगरी २०८२ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने शर्तहरु तोकिएको छ ।

IME Lifesidebar
kumari