sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टरमा नर्सका कारण सबै हैरान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्टसेन्टरमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।

करारमा कार्यरत कोइरालाले अस्पतालका कर्मचारी देखि बिरामी सम्मलाई हैरानी दिने गरेको खुल्न आएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्टसेन्टरमा करारमा कार्यरत मोनिकाका कारण अस्पतालका विरामी देखि कर्मचारीले सम्म हैरानी खेप्नुपर्दा पनि अस्पताल भने मौन रहेको छ ।

दिएको जिम्मेवारी पुरा गर्न तथा काम गर्न अस्पताल प्रशासनले भनेमा आफू यही अस्पतालमा सु साइड गरी दिने भन्दै उल्टै धम्काउने र तोडफोड गर्ने तथा सुसाइड गर्दा तिमीहरूको नाम उल्लेख गरेर मरिदिन्छु जेल पठाउँछु भने जस्ता धम्की दिने गरेका कारण अस्पतालमा सबैले हैरानी खेप्नु परेको एक कर्मचारीले बताए ।

करारमा रहकी नर्सका कारण अस्पतालमा हैरानी खेप्नु पर्दा समेत अस्पताल प्रशासन भने उनीलाई कारबाईको दायरामा ल्याउन हिचकिचाएको एक कर्मचारीले बताए ।

उनका अनुसार कोइरालाका पति पनि अस्पतालमा नै काम गर्थे फार्मेसिमा फार्मेसिमा रकम हिनामिना गरेपछि उनी आफू फस्ने पक्का पक्की भएछन् ।

आफूले गरेको हिनामिना बाहिरा आएपछि उनले उक्त हिनामिना मिलाउन नसक्दा अस्पतालमा नै आएर सु साइड गरेका थिए । अमृत पोखरलेले अस्पतालमा नै आएर सु साइड गरेपछि उनकी पत्नी नर्स कोइरालाले आफ्ना पतिको आत्महत्यामा दोषी भन्दै अस्पतालका तीन जना विरुद्धमा जायरी दिएकी थिइन ।

उक्त जायरीको आधारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा समेत चलेको थियो । उक्त मुद्दाबाट अभियोग लागेका तीनै जनाले सफाइ पाइ सकेका र उनका पतिले नै आर्थिक अनियमितता गरेका कारण यो बाटा फुत्कन नसक्ने देखेपछि आफैले सु साइड गरेको खुल्न आएको उनी बताउँछन् ।

२०६८ बाट फार्मेसी असिस्टेन्टको रूपमा काम गर्दै आएका कोइरालाका पतिले आर्थिक अनियमितता गरेपछि पोल खुल्ने डरले २०८० असार २९ गते अस्पतालमा नै आएर सु साइड गरेका थिए । त्यसपछि उसको मृत्युको विषयलाई लिएर अस्पतालका तीन जना विरुद्धमा जायरी दिइन र मुद्दा चल्यो त्यस पछि कोइरालाले अस्पतालमा ताण्डव गर्न थालेकी हुन् ।

हातमा कालो पट्टी बाँधेर काम गरे त ठिकै थियो कहिले पनि काम नगर्ने तर उल्टै काम गर्ने स्टाफलाई पनि धम्काउने गर्दा अन्य कर्मचारीको पनि मनोबल गिरेको अस्पतालका अर्का कर्मचारीले बताए । उनी भन्छन् यस्ता कर्मचारीलाई किन अस्पताल प्रशासन झेलेर बसेको छ थाह छैन । केही भनी हालेमा गुण्डा ल्याएर उल्टै प्रशासनका कर्मचारीलाई नै धम्काउने गरेको समेत सुनिएको छ त्यसैले पनि हुन सक्छ कसैले कोइरालाको विषयमा बोल्न नसकेको उनले बताए ।

काम गर भनी डिउटी दिएमा उल्टै थर्काउने र अस्पतालको भौतिक सम्पत्ति समेत तोडफोडमा उत्रने गरेकी कोइरालादेखि सबै स्टाफ हैरान भई सकेका छन् । काम गर भनी अस्पताल प्रमुखले भन्दा उनीले अस्पताल प्रमुखको कोठाको टेवलनै फुटाइदिएको समेत कर्मचारीहरू बताउँछन् ।

अस्पतालमा नै आत्महत्या गरेका उनका पतीलाई मर्न बाध्य बनाउनेहरू भनी अस्पतालका केही कर्मचारीलाई उनले जायरी दिएकी थिइन र हाल उक्त मुद्दा किनारा लागि समेत सकेको छ र उनले अभियोग लगाएकाहरूले सफाइ समेत पाई सकेका छन् तथापि उनको ताण्डव भने अस्पतालमा रोकिएको छैन । यसरी अनुचित माग राखेर ताण्डव गर्ने देखि किन अस्पताल प्रशासन र त्रिभुवन विश्वविद्यालय मौन छ थाह भएन उनीहरू बताउँछन् ।

आफ्नो पदको जिम्मेवारी भन्दा बाहिर काम गर्ने जो कोहीलाई कारबाही गर्नु पर्छ तर अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेलले काम गर भन्दा उनैको अफिसको टेबल फुटाएर सिसा हातमा लिएर आफ्नै घाँटीमा राखेर तिमीहरूले यही खोजेको हैन म यही मरिदिन्छु भन्दै धम्काएपछि भने उनीलाई अस्पताल प्रशासनले कारबाही गर्नु पर्ने हो ।

यस्तो अनैतिक र गैर कानुनी काम गर्ने करारको कर्मचारीलाई तत्काल प्रहरी बोलाएर सजाय गराउनुपर्नेमा उनीमाथि कुनै कारबाही नहुनु आफैमा लाजमर्दो कुरा भएको उनीहरू बताउँछन् ।

आफ्नो उद्दण्ड व्यवहारका कारण जहिले विवादमा रहँदै आएकी उनै विवादित काम चोर कर्मचारीलाई अस्पतालले भने भारतमा नर्सिङ लिडरसिप तालिममा सहभागी हुन व्यवस्थापनले पठाएको थियो ।

 

gold
prabhu bank
nawakantipur long