sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दसैंका लागि सुकिला नोट आजदेखि साट्न पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज १३ गते आइतबारदेखि दसैंका लागि सुकिला नोट साट्न पाइने भएको छ। सर्वसाधरणले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सक्नेछन्।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने छ ।

साथै, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ । केन्द्रीय बैंकले असोज २२ गतेसम्म सुुकिला नोट साट्न पाइने जनाएको छ ।

विगतका वर्षहरुमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर, यस वर्ष केन्द्रीय बैंकले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्न लागेको हो ।

prabhu bank
nawakantipur long