stcnepal long ad
ime life insurance
national life
global ime bank long

पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने लक्ष्यका साथ ‘पूर्वाधार सम्मेलन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण तयार खोज्ने उद्देश्यका साथ आगामी भदौ २७ र २८ गते पाँचौ पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ ।

पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवद्र्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसङ्घको आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

परिसङ्घ मुख्य आयोजक  रहने उक्त सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय रहेको छ । समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ ।

दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक रु २० खर्ब बढी लगानी जरुरी रहेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरण अनुसार, पूर्वाधारको विकासका लागि एकीकृत एवम् सामूहिक लगानीको जरुर छ ।

परिसङ्घको अध्ययन अनुसार दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उल्लेख छ ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार, पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्नेछ ।

पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यास के छन् भन्ने बारेमा गहन रुपमा सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शो केशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पुनः पछिल्ला प्रगतिसहित प्रस्तुत गरिने बताउनुभयो ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, र्पूाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासमा रहेका अवरोधलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ ।

IME Lifesidebar
kumari