citizens life insurance long ad
stcnepal long ad
national life

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सिर्जनशील उद्यमी मेला सुरु

Prabhu Insurance Long Ad

काठमाडौँ । मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जनशील उद्यमी मेला हिजोदेखि सुरु गरिएको छ ।

सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली परिसरमा आयोजित मेलामा घरेलु तथा हस्तकला समग्री, कृषि उत्पादन, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो । सो मेला आइतबारसम्म चल्नेछ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले मेला उद्घाटनका क्रममा मुलुकमा आयात प्रतिस्थापन गर्न घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सिर्जना गर्नाका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउनुभयो ।

स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताउँदै मन्त्री खड्कीले सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आहा रेडियो नेटवर्कका अध्यक्ष हेमचन्द्र सुवेदीले मुलुकमा आर्थिक विकासका लागि औद्योगिकीकरणको खाँचो औँल्याउँदै कुटिर उद्योगको विकासले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

केन्द्रका अध्यक्ष मिलु थापाले महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्न सकेमा उनीहरूको परिवारको सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताउँदै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

himalayan life insurance
igi long