stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चौरानब्बे हजार ५१३ मेट्रिक टन मल मौज्दात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो चालु आर्थिक वर्षमा तीन लाख ८९ हजार ४९७ मेट्रिक टन रासायनिक मल आयात गरेको छ । त्यसमध्ये तीन लाख ६९ हजार ५१८ मेट्रिक टन मल बिक्रीवितरण गरिसकेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ३२ हजार ५२१ मेट्रिक टन मल आयात गरेर एक लाख ३१ हजार ४१९ मेट्रिक टन बिक्री गरिसकेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक लाख ५६ हजार ९७६ मेट्रिक टन आयात गरेर ९८ हजार १९७ मेट्रिक टन बिक्री गरिसकेको छ ।

जेठ २८ गतेसम्मको तथ्याङ्क अनुसार कृषि मन्त्रालयसँग युरिया, डिएपी र पोटास सहित हाल ९४ हजार ५१३ मेट्रिक टन मल मौज्दात रहेका छन् ।

त्यसमध्ये युरिया ६१ हजार ६०५ र डिएपी २२ हजार ४०६ मेट्रिक टन रहेका छन् । कृषि सामग्री कम्पनीसँग युरिया एक लाख ५० हजार ४९२ र डिएपी ६९ हजार ७० मेट्रिक टन मौज्दात रहेका छन्

भने साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया ९९ हजार आठ र डिएपी ५० हजार ३२१ मेट्रिक टन मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।

भारतको विशाखापटनममा ५१ हजार मेट्रिक टन डिएपी र कलकत्तामा ३० हजार मेट्रिक टन युरिया मल आइसकेको छ ।

त्यसमध्ये केही परिमाणमा मल नेपाल भित्रिसकेको कृषि मन्त्रालयले जनाएको छ । भारतसँग भएको जिटुजी सम्झौता अनुसार २५ हजार मेट्रिक टन मल नेपालका लागि हिँडिसकेको र असारको दोस्रो हप्तासम्म आइपुग्ने बताइएको छ ।

त्यस्तै चीनबाट आउनुपर्ने २५ हजार मेट्रिक टन डिएपी भारतको कलकत्ता आइसकेको र त्यहाँबाट असारको पहिलो हप्ताभित्र नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari