citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्रधानमन्त्री प्रचण्ड भारत भम्रणमा जाँदै, भ्रमण टोलीमा पाँच जना मात्रै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जानुहुनेभएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने र पर्सि फर्किने जनाएाको छ ।

प्रधानमन्त्रीको साथमा उहाँकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत जाने परराष्ट्रले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्डसहितका विशिष्ट व्यक्ति नयाँ दिल्ली आउने जनाएको छ ।

श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि मोदीको सपथग्रहण समारोहमा भाग लिने आउने विज्ञप्तीमा उल्लेख छ ।

भोलि मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री प्रचण्ड पर्सि स्वदेश फर्किनुहुनेछ ।
प्रेस विज्ञप्ती :

gold
himalayan life insurance long ad