citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ ।

शुक्रबार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यस सम्बन्धी जानकारी गराएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेकारसंरक्षणको आवश्यकता भएका) का बालबालिकाहरुले आफू जोखिममा रहेको खवर गरेपछि उद्धार गरिएको हो ।

जोखिममा रहेका बालबालिकाहरुलाई रातो, पहेँलो र हरियो वर्ग
१२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ ।

मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ ।

यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको उद्धार टोलीले जनाएको छ ।

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।

यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी सहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार हुन्छ । उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ ।

संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिन्छ ।

यसपछि बालबालिकाका अभिभावक खोजी हुन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ ।

हिँसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन, बाल शोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू संरक्षण बाल संरक्षणका दायित्व हुन् ।

नीतिमा बालबालिकाको आवाज
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि तर्जुमा गर्ने नीतिमा बालबालिकाको आवाज सुनिश्चत गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवम् महानगर बाल अधिकार समितिकी संयोजक सुनिता डंगोलले बताउनुभएको छ ।

शनिबार बसेको समितिको पहिलो बैठकमा उहाँले बालबालिकाका लागि बनाइने नीतिमा बालबालिकालाई नै सहभागी गराउनु पर्ने बताउनुभएको हो ।

‘‘बालबालिका वचावट, बाल संरक्षण र बाल अधिकारका लागि कुनै पनि सम्झौता, ढिलाइ वा प्रतिक्षा हुँदैन । तत्काल गर्नुपर्छ ।’’ उहाँले भन्नुभयो, ‘‘वडा बाल समिति तत्काल गठन गरौँ । बाल कोष स्थापना, सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाऔँ । आचारसंहिता जारी गरौँ ।’’

बैठकले, महानगरपालिकाभित्र रहेका बाल संरक्षण, बाल अधिकारको प्रचलन, प्रवर्द्धन र विकासका क्षेत्रमा क्रियाशील निकायलाई तथा संघसंस्थालाई सूचीकरण गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘‘बालबालिकाको संरक्षणात्मक कार्य हाम्रो दायित्व हो । यसका लागि सरोकारवाला निकाय र संघसंस्थाहरु सँगै हिँड्नुपर्छ ।’’ समितिका सदस्य एवम् वडा नंं १ का सदस्य रसला तण्डुकार उद्धार कार्यको अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘‘बालबालिका जोखिममा छन् । स्पष्ट हुन्छ ।

अभिभावकले दायित्व पूरा गरेका छैनन् । त्यो पनि देखिन्छ । यति हुँदा पनि बालबालिका अभिभावक छोडेर उद्धारकर्मीका साथमा जान चाहँदैनन् । यस्ता समस्याको मनोवैज्ञानिक परामर्शबाट समाधान गर्ने संयन्त्र बनाउनुपर्छ ।’’

छलफलमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले, बालबालिकाका लागि छुट्टै हटलाइन टेलिफोन व्यवस्था गर्नु पर्ने सुझाव दिनुभयो ।

महानगरपालिकाकी बाल कल्याण अधिकारी शान्ता पहाडीकाअनुसार, उद्धार गरिएका बालबालिकाहरु घरवारमा पुनःस्थापना गराउँदा झन असुरक्षित हुने गरेको पनि पाइएको छ ।

‘‘बाल उद्धार कार्यमा अन्तरपालिका समन्वय आवश्यक देखिन्छ ।’’ प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्नुहुन्छ, ‘‘बस्ने अर्को पालिकामा, अध्ययन गर्ने काठमाडौँ महानगरपालिकामा, यस्ता बालबालिकाले जोखिममुक्त गर्न अनुरोध गरे भने अर्को पालिकामा गएर काम गर्नु पर्ने हुन्छ । यसका लागि अन्तरपालिका समन्वय आवश्यक छ ।’’

यस क्रममा समितिका सदस्य प्रविण सिलवालले भन्नुभयो, ‘‘उद्धारका लागि परिचालन भएको टोलीको जिम्मेवारी जसरी पनि बालबालिकालाई उद्धार गर्नु हो । यसमा उद्धार टोलीमा खटिने सबैको मत एउटै हुने प्रणाली बनाउनुपर्छ । आफ्नो दायित्व सबैले पूरा गर्नुपर्छ ।’’

बैठकमा ‘बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि २०८०’ बमोजिम जोखिममा रहेका बालबालिकाहरुको उद्धार तथा संरक्षणका लागि अहिलेसम्म भएका कामका बारेमा छलफल गरिएको थियो ।

महानगर बाल अधिकार समिति
कार्यविधिको व्यवस्थाअनुसार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘महानगर बाल अधिकार समिति’ गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरुबाट उपप्रमुखले तोकेका २ जना सदस्य, राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि सदस्य हुनुहुन्छ ।

यसैगरी कानुन तथा मानव अधिकार विभागको प्रमुख, सामाजिक विकास विभागको प्रमुख, शिक्षा विभागको प्रमुख वा प्रतिनिधि, महानगर प्रहरी बलको प्रमुख, बाल अधिकारका क्षेत्रमा क्रियाशील व्यक्ति, सामाजिक संस्था वा अभियन्तामध्येबाट १ जना महिलासहित २ जना प्रतिनिधि, स्वास्थ्य विभागले तोकेका बाल विशेषज्ञ एक जना, महानगर बाल सञ्जालका अध्यक्षसहित सञ्जालले तोकेका २ जना प्रतिनिधि, विद्यालयका बाल संरक्षण शिक्षकमध्येबाट शिक्षा विभागले तोकेका १ जना, महानगरपालिका  भौगोलिक कार्य क्षेत्र पर्ने नेपाल प्रहरीका प्रमुख वा प्रतिनिधि १ जना सदस्य हुनुहुन्छ । महानगरपालिकाको बाल कल्याण अधिकारीले समितिको सदस्य सचिवका रुपमा काम गर्नुहुनेछ ।

कार्यविधिले बाल अधिकारको संरक्षण र प्रवर्द्धननबाट बालमैत्री महानगर निर्माण, महामारीमा बालबालिकाको अवस्था, अपाङ्गता भएका बालबालिकाका लागि विशिष्ट सेवा, बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, जोखिममा परेका र विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाको वचावटलगायत व्यवस्था छन् ।

यस्तै बाल श्रम निषेध तथा निरुत्साहन, बाल क्लव तथा बाल क्लब सञ्जाल गठन हुने व्यवस्था छ । बाल क्लवमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष एक÷एक जना र सात जना सदस्य रहनुहुनेछ ।

महानगर बाल क्लव सञ्जालमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष एक÷एक जना रहनुहुनेछ । सदस्य संख्या २९ रहनेछ ।

कार्यविधिले सामाजिक विकास समितिको संयोजकलाई बाल कोष सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था गरेको छ । समितिको सदस्यहरुमा सामाजिक विकास, शिक्षा र वित्त विभागका प्रमुख हुनुहुन्छ । बाल कल्याण अधिकारीले सदस्य सचिवका रुपमा काम गर्नुहुन्छ ।

उद्धार गरिएकी १५ वर्षिया बालिकाको प्रतिनिधिमूलक कथा
१५ वर्षकी बालिका कक्षा ९ मा अध्ययनरत छिन् । उनी जन्मिएपछि आमाले छोडेर गइन । आमा पनि नभएकी र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकोले पूर्व बाल्यावस्था कठिन रह्यो ।

६ बर्षको उमेरमा उनी काठमाडौँ आइन । आफ्नी दिदी स्थानीय अभिभावकको घरमा काम गर्दै पढ्दै थिइन । दिदीलाई साथी हुन्छ भनेर उनलाई काठमाडौँ ल्याइएको हो । आएको एक वर्षसम्म पढ्न पाइनन् । दोस्रो वर्ष कक्षा १ मा भर्ना भइन ।

सानो बेला धेरै काम गर्न नपरे पनि मानसिक र शारीरिक शोषणमा भएको बुझ्ने उमेर भएपछि थाहा पाइन । सानो छदाँ उनी बैठक कोठामा सुत्ने गर्थिन् ।

त्यो बेला उनलाई घरधनीले नराम्रो तरिकाले छुने गर्ने रहेछन् । त्यो पनि उनले कक्षा ७ मा पुगे पछि स्वाथ्य तथा जनसख्या विषय पढाउने शिक्षिकाबाट थाहा पाएको पाएकी हुन् । सानो छदाँदेखि नै यातना सहनु पर्ने भएर होला कक्षा ३ मा एक जना साथी सँग मिलेर केही कपडा झोलामा राखी भाग्ने निर्णय गरेकी थिइन ।

भाग्ने क्रममा घरको आन्टीले देखेर ‘के कपडा हो’ भनेर सोध्दा उनले डरले ‘फाल्ने कपडा हो’ भन्दै डस्बिनमा फालेकी थिइन । कक्षा ८ मा हुँदा आत्महत्या गर्ने कोसिस गरिन, त्यसमा असफल भइन ।

उमेर बढ्दै जाँदा धेरै काम गर्नुपर्ने, गाली र कुटाई सहनु पर्ने भयो । बासी खाना खानु पर्ने, कहिले खाना नखाइ विद्यालय जानु पर्ने अवस्था हुन्थ्यो । बिहान ५ बजेदेखि घरको सरसफाइ गर्ने, भाडा माझ्नेदेखि सबै काम विद्यालय जानु भन्दा अघि सम्म गर्नुपर्थ्यो ।

विद्यालय छुट्टी हुने बितिक्कै घर आएर काम गर्दै जाँदा सबै काम सक्दा १० बज्थ्यो । त्यसपछि मात्र गृहकार्य गर्न पाइन्थ्यो ।

दुईजना  दाजु र एक जना दिदी हुनुहुन्छ । उहाँहरु कसैले कहिल्यै तँलाई कस्तो छरु भनेर सोध्नुभएन । बुवाले पनि अर्की श्रीमती ल्याउनुभएको छ । घर जान पनि पाउने अवस्था रहेन ।

बुबालाई म यता बस्दिन भन्दा त्यहाँ नबस्ने भए घर फर्केर आउनु पनि पर्दैन भन्नुभयो । यसकारण बुबाबाट छहारीको आशा रहेन । यस प्रकारको दुव्र्यवहार आँट गरेर बिद्यालयकी शिक्षिकालाई सुनाउँदा पनि केही जवाफ नपाएपछि दुव्र्यवहार सहेरै रहिन् ।

महानगरको बाल उद्धार टोलीबाट उनी संरक्षणमा पुग्दा जीवनको सुखद आयाममा पुगेको अनुभूति गरेकी छिन् ।

himalayan life insurance
igi long