evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आजदेखि भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा 

Prabhu Insurance Long Ad
global bank

भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ । हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ ।

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

आज भैरवनाथको रथसँगै भद्रकालीको रथ सिङ्गारेर रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ ।

त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ ।

अन्तिम दिन भैरवनाथको रथलाई एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटो डोरी राखेर युवाले तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ ।

यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै बिस्का जात्रा शान्तिपूर्ण बनाउन गुठी संस्थानले आह्वान गरेको छ ।

himalayan life insurance
igi long