stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न सुझाव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ।वित्तीय चेतनाका लागि आज एउटा सूचना गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो।

‘बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जाजस्ता विभिन्न कर्जा प्रस्ताव गरेका हुन्छन्’, राष्ट्र बैंकले भनेको छ, ‘यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुन्छ र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुन सक्छ।’

स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न पाइँदैन भने परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुन सक्छ। ‘तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न पाइँदैन’, राष्ट्र बैंकले भनेको छ।

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने राष्ट्रको भनाइ छ।

‘यसर्थ ग्राहकले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ रु प्रिमियम दर कति लागू हुँदैछ रु शुल्कहरु के–कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुन्छ’, राष्ट्रले भनेको छ, ‘त्यसैले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौँ।’

prabhu mahalaxmi
kumari