evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एमडीएमएस खरिदमा भ्रष्टाचार: दुरसञ्चार प्राधिकरणका दुई पूर्अवध्यक्ष सहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व दुई अध्यक्ष सहित २० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र सहित प्रतिवादी बनाइर भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले राज्यकोषबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सान भएको दाबी गर्दै सोही बराबर बिगो असुल हुनुपर्ने दाबी गरिएको छ।

igi long
himalayan life insurance long ad