stcnepal long ad

नेपाल धितोपत्र बोर्डसँग नेको इस्योरेन्सले हकप्रद सेयर बिक्री गर्न अनुमति माग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इस्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

यसर्थ, कम्पनी इस्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री भएपछि यसको चुक्ता पुँजी २ अर्ब ५० करोड माथि पुग्नेछ । नेको इस्योरेन्सको हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।