आजको मौसम: यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको असर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षासँगै देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम बदली हुनुका साथै एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।