stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज तराईमा होली मनाइँदै, तराईका जिल्लामा सार्वजनिक विदा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।

होलीका अवसरमा सरकारले आज तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।

मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

IME Lifesidebar
kumari