stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण सभा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानवीय सभ्यता र विकास सँगसँगै प्रादुर्भाव भएको प्रहरी हरेक विकट र विषम् परिस्थितिमा सुम्पिएको उत्तरदायित्व र कर्तव्य निर्वाहमा सदैव समर्पित रहेको बताउनुभयो ।

कैयौं सदस्यको निस्वार्थ बलिदान विषमपूर्ण घडिमा पनि अविचलित र दृढ रहन सक्ने इच्छा शक्तिको आधारशिलामा उभिएर नै नेपाल प्रहरीले आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा स्थापित हुन सफल रहेको उहाँले चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले अमर अशक्त प्रहरी तथा आश्रित परिवारलाई सदैव साथ सहयोग होस् भन्ने भावनाले नै नेपाल प्रहरीको स्मारक गुठीको स्थापना भएको चर्चा गर्नुहुँदै गुठीले नेपाल प्रहरीका अमर अशक्त तथा आश्रित प्रहरी परिवारसँग एकआपसमा बाध्न सक्ने भूमिका निर्वाह गरेको, कर्तव्य पालनाको शिलशिलामा वीर र अमर प्रहरीले पुर्‍याएको योगदान सदा स्मरणीय भइरहेको उल्लेख गर्नुभयो ।

अक्षयकोष लक्षित वर्गप्रतिको सेवाप्रवाहमा थप कल्याणकारी योजना एवम् सिर्जनशील कार्यक्रम ल्याउनुपर्ने बताउनुहुँदै लक्षित वर्गप्रति सेवा महसुसु हुने गरी अक्षयकोषको परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक विकाश तामाङले नेपाल प्रहरी स्मारक गुठीको संशोधित विधानको प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त वार्षिक साधारण सभामा आगामी दिनमा अमर प्रहरीका परिवारलाई लक्षित गरी संचालन गर्न उपयुक्त हुने कल्याणकारी कार्यक्रम सम्बन्धि सुझाव संकलन, गुठीको संशोधित विधानको अनुमोदन तथा आर्थिक वर्ष २०७९/८० को खर्च विवरणको प्रस्तुति तथा अनुमोदन गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari