stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व वित्तीय सप्ताहको–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ७ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत Global Money Week कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।

यस वर्ष Global Money Week को अवसरमा क्यापिटलले बिभिन्न कार्यक्रमहरु गरि संचालन गर्ने क्रममा आज Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनी वीक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्काे स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक (BBA) अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन ।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए ।

सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

यस संगै क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु गरी संचालन गर्ने योजना रहेको छ ।

IME Lifesidebar
kumari