sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

वीरगन्जमा लगाइएको कर्फ्यु आज तेस्रो दिनपनि जारी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगन्जमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाका लागि स्थगित गरेको छ । स्थानिय प्रशासनले सोमबार साँझ ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्युलाई विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।

सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लमसालले जानकारी दिनुभयो ।

उहाँले ११ बजे पछि पूर्व निर्धारित क्षेत्रहरुमा लाग्दै आएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि यथावत राख्ने निर्णय गरिएको बताउनुभयो ।

रौतहटको विषयलाई लिएर सोमबार वीरगन्जमा भएको विरोध जुलुशपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्‍न प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

नगरको सुरक्षा व्यवस्थालाई कायम राख्‍न स्थानिय प्रशासनले वीरगन्जको चोक(चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

gold
kumari bank
nawakantipur long