citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गाजामा युद्धविरामको प्रस्ताव अमेरिकी भिटोद्वारा बिफल

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

गाजामा तत्काल युद्धविरामको माग गर्दै अल्जेरियाले संयुक्त राष्ट्रसंघमा दर्ता गराएको प्रस्ताव अमेरिकाले बिफल बनाएको छ । अमेरिकाले भिटो प्रयोग गरेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

गाजामा अस्थायी युद्धविरामको आग्रह गर्दै आफ्नै मस्यौदा प्रस्ताव गरेपछि अमेरिकाले भिटो लगाएको हो । गाजामा जारी युद्ध अन्त्य गर्न अल्जेरियाली प्रस्ताव बाधक हुने तर्कसहित अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव दर्ता गरेको छ ।

अमेरिकी कदमले गाजाको रफाह सहरका लाखौं सर्वसाधारणको जीवन थप अन्यौलपूर्ण भएको प्यालेस्टिनी अधिकारीहरुको प्रतिक्रिया छ ।

यसमा अमेरिकाकै कतिपय सहयात्री राष्ट्रहरु समेत सन्तुष्ट छैनन् । १५ सदस्यीय सुरक्षा परिषदमा रहेका १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायत मतदानमा सहभागी भएन ।

himalayan life insurance
igi long