stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने व्यक्ति पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेकी छिन्।

उनलाई अर्काको नागरिकता प्रयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिहरुलाई चेक दिएर दुरुपयोग गरेको कसुरमा पक्राउ गरेको हो।

पक्राउ परेकी खड्काविरुद्ध बैंकिङ कसुर सजाय ऐन।२०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long