stcnepal long ad
himalayan life insurance long ad

बुटवल उपमहानगरद्वारा आफ्नै लोगो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ। कार्यपालिका बैठकले आइतबार लोगो सार्वजनिक गरेको उपमहानगरपालिकाले जनाएको छ ।

लोगो बनाउन उपमहानगरले कलाकारहरूलाई सार्वजनिक आह्वान गरी प्रतिस्पर्धा गराएको थियो। सार्वजनिक भएको लोगो बुटवल उपमहानगर(११ का कलाकार सुशिल न्यौपाने ९सौरभ०ले बनाएका हुन्।

लोगो निर्माण गर्दा उपमहानगरको नाम, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्काउने र नेपालको झण्डा राख्न अनिवार्य गरिएको थियो।

सौरभले बनाएको लोगोमा युद्ध भइरहेको जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीका चित्र समेटिएका छन्।