citizens life insurance long ad
stcnepal long ad

नागेन्द्र साहलाई नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई सोमबार निमित्त प्रमुखको जिम्मा दिएको हो । हाल नायब कार्यकारीका रूपमा काम गर्दै आएका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको हो । कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मङ्सिर २६ मा १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिनुभएको थियो । चार्टर्ड एकाउन्टेन्ट ९सिए० समेत रहेका साह १५ वर्षअघि निगम प्रवेश गर्नुभएको थियो ।

IME Life
kumari