sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ब्राजिलको फ्लुमिनेन्स फिफा क्लब विश्वकपको फाइनलमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । इजिप्टको क्लब अल आलीविरुद्ध २–० को जित हात पार्दै फ्लुमिनेन्स फाइनल प्रवेश गरेको शो ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा गएराति सम्पन्न खेलमा फ्लुमिनेन्सको जितमा जोन एरियास र जोन केनेडीले गोल गरे ।

७१ औँ मिनेटमा रियल म्याड्रिडका पूर्वफुलब्याक मार्सेलोलाई अल आलीका खेलाडीले बक्सभित्र फल गरेपछि फ्लुमिनेन्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा एरियासले गोल गरे । ८९ औँ मिनेटमा वैकल्पिक खेलाडी क्यानेडीले गोल गर्दै फ्लुमिनेन्सलाई फाइनलमा पुर्याए ।

फ्लुमिनेन्सले अब उपाधिका लागि शुक्रबार जापानको उरावा रेड्स र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटी र उरावा रेड्सबीचको खेल आज राति पौने १२ बजे सुरु हुनेछ ।

gold
kumari bank
nawakantipur long