macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँको बल्खुमा बिहिबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad