stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

धनगढी । अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सो अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट हिजो साँझ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुल दीप चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँगी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार,  वर्ष २२  का  जयराम सुनार,  भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् ।

यस्तै, दिल्लीको उत्तम नगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ परेका छन् ।

विशाल सुनारले अवैध रूपमा आइटी सञ्चालन गरी अनलाइन ठगी गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले गिरोहका व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेन्टर सञ्चालन गरेका थिए ।

अनलाइन ठगी गर्ने सो गिरोहले मनी लाउण्ड्रीङ, बिमा दुर्घटना लगायत विषयमा विशेष गरेर पोल्यान्डका नागरिकलाई ठगी गर्ने गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

उहाँले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्य भइरहेको जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

prabhu mahalaxmi
kumari