stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मनिग्रामबाट पठाएको नगद रेमिट्यान्स ईसेवामार्फत प्राप्त गर्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको छ ।

यस सम्झौतासँगै अब विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

साथै, नेपालमा ग्राहकहरूले ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट आफ्नो भुक्तानी पाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले पुस१५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीद्धारा विज्ञप्तीमा उल्लेख छ।

अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राम मार्फत नगद पठाउदा अतिरिक्त रू १०० बोनश पाउनुका साथै टिसर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त सक्ने बताइएको छ ।

साथै पुस १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताएका छन् ।

यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने उनको विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरिने प्रबिद्धता समेत गरे ।

prabhu mahalaxmi
kumari