इजरायलमा निधन भएका ४ जना विद्यार्थीको शव आज नेपाल ल्याइँदै

काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थी मध्ये ४ जनाको शव भोलि आइतवार काठमाडौँ आइपुग्ने भएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत सो जानकारी दिएको हो । FZ 1210 मार्फत ४ जना विद्यार्थीको शव पठाउन लागिएको दूतावासले जनाएको छ ।
भोलि फ्लाइदुवाईकै फ्लाइट नं FZ8351 मार्फत ती शवहरु काठमाडौँ आइपुग्ने विज्ञप्तीमा उल्लेख छ । दूतावासले हमासको आक्रमणमा परी सम्पर्क विहिन भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि जनाएको छ ।