stcnepal long ad
global ime bank long

घटेको इन्धनको भाउमा दिन नमान्ने पेट्रोल पम्प कारबाहीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । घटेको इन्धनको भाउमा दिन नमान्ने पेट्रोल पम्प कारबाहीमा परेको छ । पेट्रोल पम्पमा छड्के अनुगमन गर्दै सरकारले कारबाही गरेको हो ।

काठमाडौँका केही पम्पले सरकारले दशैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसल लगायतका गुनासो हेलो सरकारमा बढेपछि  प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो ।

सो क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो ।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको हो । अन्य पेट्रोल पम्पहरुको पनि अनुगमन गरिने जनाइएको छ ।

IME Lifesidebar
kumari