stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्मपूर्णलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको संचालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् ।

 

IME Lifesidebar
kumari