stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ नोट साट्न शुरु, नोट सटही सुविधा आगामी शुक्रवारसम्म

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन शुरु गरेको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आजदेखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताउनु भयो ।

उहाँले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताउनु भयो ।

उहाँले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताउनु भयो ।

उहाँले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले नयाँ नोटमा टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गर्नुभयो ।

उहाँले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताउनु भयो । उहाँले सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताउनु भयो ।

उहाँले नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताउनु भयो । उहाँले हसर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको बताउनु भयो ।

त्यस्तै, नयाँ नोट सटही सुविधा शुरु गरेसँगै मानिसहरु लाइनमा बसेर राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरेका छन् ।

नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रुपमा नयाँ नोट सटही सुविधा दिएको बताउनु भयो ।

उहाँले धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रुपमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५ सय लिएको बताउनु भयो ।

त्यस्तै,सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागि छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको बताउनु भयो ।

उहाँले नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताउनु भयो । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधरण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताउनु भयो ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ ।

केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ ।

IME Lifesidebar
kumari