stcnepal long ad
ime life insurance
national life
global ime bank long

इजरायल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बेइजिङ। चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुनुहुन्छ । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्वशक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ ।

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा हुन थालेका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो ।

चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्‍य ा उन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकू सङ्गठन हमाससँगको इजरायलको युद्धले निरन्तर महत्व पाएको छ ।

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजरायलमा भीषण रकेट हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजरायलमा एक हजार चार सयभन्दा बढी मारिएका छन् ।

हमास शासित हमास गाजापट्टीमा इजराइली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजरायली हमलामा कम्तीमा दुई हजार छ सय ७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारवाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको छ ।

“इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ”, उहाँले आइतबार भन्नुभयो । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणीमध्येकै कडा हो ।

आफ्नो विज्ञप्तिमा इजरायल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् ।

विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गर्नुभएको थियो । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गर्नुभएको थियो ।

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकू समूह हो जसले इजरायलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ ।

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्नुहुने चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले आइतबार बताएको थियो । यद्यपि सिसिटिभीले मध्यपूर्वको कुन मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

रणनीतिक निर्भरता
मङ्गलबारदेखि सुरु हुने दुईदिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद हुनुहुन्छ ।

सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ उड्नुभयो र केही घन्टा अघि चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गर्नुभएको छ । रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ ।

छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध सुरु भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गरेको छ ।

आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्त्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ । रासस/एएफपी

 

 

 

IME Lifesidebar
kumari