आज सार्वजनिक बिदा
सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

काठमाडौं । आज (असोज २८ गते) देखि बडा दसैं सुरु भएको छ । बडा दसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएको छ ।
तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।
बिहीबार नेप्से सूचक २०.१६ अंकले घटेर १८ सय ७४.६० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
२८ असोज २०८०, आइतवार ०७:३८ बजे प्रकाशित