macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

साल्ट ट्रेडिङले कुलेश्वरबाट बरामद ७० हजार किलो चिनी बेच्न थाल्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ ।

लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो ।

व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारीले प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको जनाएको छ ।

‘त्यो चिनीको बिक्री साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेका छौं,’ राजभण्डारीले भने, ‘प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।’

साल्टट्रेडिङसँग रहेको करिब ३ सय टन चिनीसँगै यो चिनीको बिक्री काठमाडौं उपत्यकाका सबै बिक्री केन्द्रहरुबाट भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

२३ असोज २०८०, मंगलवार १४:४७ बजे प्रकाशित

NTA long ad