stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङले कुलेश्वरबाट बरामद ७० हजार किलो चिनी बेच्न थाल्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ ।

लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासनको संयुक्त अनुगमनमा फेला परेको थियो ।

व्यवसायी सन्तोष अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको उक्त चिनी गुणस्तर परीक्षणपछि वाणिज्य विभागले लेबल उल्लेख नभएको कसुरमा ३ लाख जरिवाना गरेको थियो ।

चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको निर्देशनपछि व्यवसायीबाट खरिद गरेर चिनी बिक्री सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारीले प्रतिकिलो १०१ रुपैयाँमा गह्वेश्वरी फर्मको १४ सय बोरा चिनी किनिएको जनाएको छ ।

‘त्यो चिनीको बिक्री साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु गरिसकेका छौं,’ राजभण्डारीले भने, ‘प्रतिकिलो ९७ रुपैयाँमा प्रतिपरिवार २ किलोका दरले चिनीको बिक्री भइरहेको छ ।’

साल्टट्रेडिङसँग रहेको करिब ३ सय टन चिनीसँगै यो चिनीको बिक्री काठमाडौं उपत्यकाका सबै बिक्री केन्द्रहरुबाट भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

prabhu mahalaxmi
kumari